दफा ५८
बदनियतपूर्वकको अनुसन्धान बा अभियोजनको उजुरी पठाउने


(१) ऐनको दफा ३ रेख. बमोजिमको बदनियतपूर्वक अनुसन्धान वा अभियोजन गरेको उजुरी परेमा सो उजुरीको सम्बन्धमा अनुसन्धान गर्न मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १८९ बमोजिमको समितिमा पठाउनु पर्नेछ।

(२) उपनियम (१) बमोजिमको समितिले अनुसन्धान गर्दा .त्यसरी बदनियतपूर्वक निर्दोष व्यक्तिलाई फसाउने, क्षति पुच्याउने, हैरानी गर्ने वा वास्तविक कसूरदारलाई जोगाउने मनसायले अनुसन्धान वा अभियोजन गरेको देखिएमा त्यस्तो अनुसन्धान अधिकारी वा अभियोजनकर्तालाई मुद्दा चलाउन प्रतिवेदन तयार गरी सम्बन्धित सरकारी वकिलको कार्यालयलाई लेखी पठाउनु पर्नेछ।